सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क गर्ने भएको छ ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो । विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पु¥याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचार व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
केएमसीले विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक अभाव वा विपद्का कारण उपचारमा समस्या परेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केएमसी दुवाकोटले अस्पतालमा उपचारका लागि आउने बाढीपीडित घाइतेलाई सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो ।
अस्पतालले बाढी प्रभावित बिरामीलाई उपचारका लागि केएमसी दुवाकोट, भक्तपुरमा ल्याउन आग्रह गरेको छ । साथै, घाइते बिरामीलाई अस्पतालसम्म पु¥याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी महानुभावहरूलाई सहजीकरण गरिदिन अनुरोधसमेत गरेको छ ।
अस्पतालका अनुसार बाढी प्रभावित घाइतेको उपचारमा औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ । यसले विपद्का कारण घाइते भएका नागरिकलाई तत्काल आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा अस्पतालको छ ।
केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित बिरामीलाई उपचारका लागि दुवाकोट अस्पतालमा ल्याई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ ।
काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माद्वारा सञ्चालित अस्पताल हो । शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा