• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल तीन प्रहरी पुरस्कृत

      प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा बगाइयो

      नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

      नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

      बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

      बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

      बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

      उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य, भ्रातृ संस्थालाई शशांक कोइरालाको अपिल

      रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह

      विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

      रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

      २० फोटोमा हेर्नुहोस् ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र

      भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

      रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

      बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

    होमपेज /  समाचार

    भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १०, बुधबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ पटक पढिएको
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

    नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ ।

    पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन् । बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले ट्राभल एजेन्सी, पथप्रदर्शक, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरणको प्रमाणीकरण तथा पुनःपुष्टि गरिरहेको जनाएको छ ।

    प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना यात्रु सम्पर्कविहीन छन् । तीमध्ये ५९ जना भारतीय नागरिक र १२ जना नेपाली छन् ।

    त्यस्तै, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जनामध्ये दुई जना विदेशी नागरिक (एक अस्ट्रेलियाली र एक नेदरल्यान्ड्सका) तथा १५ जना नेपाली नागरिक छन् ।

    लिफ होलिडेका ५५ जनामध्ये ४६ जना भारतीय र नौ जना नेपाली, कैलाश जर्नीका ३१ जनामध्ये २६ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र पाँच जना नेपाली रहेको बोर्डले जनाएको छ ।

    एक्सप्लोर भ्याकेसनका सात जना यात्रु सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ । ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ जना विदेशी नागरिक (राष्ट्रियता पुष्टि हुन बाँकी) र १५ जना नेपाली छन् ।

    त्यस्तै, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जनामध्ये आठ जना विदेशी नागरिक र चार जना नेपाली, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जनामध्ये २० जना विदेशी तथा सात जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

    हिमालयन ग्लेसियरका ५२ जनामध्ये ३७ जना विदेशी नागरिक र १५ जना नेपाली तथा अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ जना विदेशी र चार जना नेपाली नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार हिमालयन ग्लेसियरमा सम्पर्कविहीन देखिएका ३७ जनामध्ये केही भारतीय मूलका नागरिक रहेको र अल्पाइन इको ट्रेकका १६ विदेशीमध्ये १२ जना बेलायती तथा चार जना दक्षिण अफ्रिकी नागरिक रहेको प्रारम्भिक विवरण छ ।

    नेपाल पर्यटन बोर्डले यो विवरण प्रारम्भिक रहेको र सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अद्यावधिक तथा प्रमाणीकरण भइरहेको जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ ।

    आपत्कालीन अवस्थाका लागि निःशुल्क आपत्कालीन नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

    सम्बन्धित व्यक्तिले नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, यात्रा कम्पनी, पथप्रदर्शक वा भ्रमण सञ्चालकसँग समेत सम्पर्क गर्न सक्ने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल तीन प्रहरी पुरस्कृत

    नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

    बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

    बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

    बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल…

    प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा…

    नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा…

    तिब्बत–रसुवागढी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न चिनियाँ…

    आर्थिक

    रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    कामना सेवा विकास बैंकद्धारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑