• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल तीन प्रहरी पुरस्कृत

      प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा बगाइयो

      नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

      नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

      बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

      बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

      बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

      उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य, भ्रातृ संस्थालाई शशांक कोइरालाको अपिल

      रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह

      विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

      रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

      २० फोटोमा हेर्नुहोस् ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र

      भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

      रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

      बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

    होमपेज /  समाचार

    मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ९, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ४२ पटक पढिएको
  • मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृतिहिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।

    जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ ‘मुस्ताङ टाइगर’ पनि आफ्ना चार घोडासहित मुक्तिनाथ पुगेका छन् । घरमै चढ्नका लागि मात्रै उनका सातवटा घोडा छन् ।

    ‘यार्तुङ केवल रमाइलो गर्ने पर्व होइन, हाम्रो संस्कृति र परम्परासँग जोडिएको पर्व हो,’ गुरुङ भन्छन् ।

    स्थानीय भाषामा यार्तुङले वर्खा सकिएर हिउँद सुरु हुने समयलाई जनाउँछ । खेतीपातीको काम सकेर अन्नबाली घरमा भित्र्याएपछि गाउँलेहरू भेला हुने, भोजभतेर गर्ने, गीत गाउने र रमाइलो गर्ने पुरानो परम्परासँग यसको सम्बन्ध छ ।

    यातायात र सामाजिक सञ्जालको पहुँच सहज नभएको समयमा यार्तुङ युवा–युवती बीच भेटघाट, चिनजान र सामाजिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरसमेत थियो । तर यार्तुङको सबैभन्दा आकर्षक पक्ष भने घोडा हो ।

    घोडा : साधनभन्दा बढी शान

    हिमाली समाजमा घोडा आवतजावतको साधन मात्रै होइन, घरको लक्षण, प्रतिष्ठा र शानको प्रतीक समेत हो । त्यसैले यार्तुङमा सहभागी हुनेहरूको नजर सबैभन्दा पहिले घोडा माथि पुग्छ ।

    घोडाको चाल, कदम, दौड, रङ, शारीरिक बनोट देखि सजावट र पहिरन सम्मको चर्चा हुन्छ। कुन घोडा कति बलियो छ, कुनको चाल राम्रो छ र कुनले दौडमा बाजी मार्न सक्छ भन्ने अनुमान मैदानमा पुग्नु अघि देखि नै सुरु हुन्छ ।

    यही कारण यार्तुङ घोडाप्रेमी र व्यापारीका लागि समेत महत्वपूर्ण अवसर बनेको छ । घोडासँगै घोडाका कपडा, सजावटका सामग्री र अन्य उपकरणको किनबेच पनि यस अवसरमा हुने गर्छ । मुस्ताङमा घोडाको मूल्य र प्रतिष्ठा कति माथि पुगेको छ भन्ने पछिल्ला घटनाले पनि देखाउँछ ।

    १३ लाखको घोडा, दुई लाखको पुरस्कार

    चराङमा भएको यार्तुङमा तेस्रो भएको ‘राक्पा’ नामको घोडा छुसाङका कान्छा गुरुङले घोडा व्यापारी वाङ्दिसाङ्बो गुरुङसँग १३ लाख रुपैयाँमा किने । महँगो मूल्यमा किनेको त्यही राक्पाले लोमानथाङको यार्तुङमा दोस्रो स्थान हासिल ग¥यो। कान्छा गुरुङले दुई लाख रुपैयाँ पुरस्कार हात पारे ।

    एउटा घोडाको मूल्य लाखौँ रुपैयाँ पुग्नु र त्यसले जित्ने पुरस्कार पनि लाखौँमा हुनु मुस्ताङमा घोडा दौडको प्रतिस्पर्धा कति गहिरिँदै गएको छ भन्ने एउटा उदाहरण हो । यहाँ घोडा केवल दौडका लागि पालिँदैन। राम्रो घोडा हुनु प्रतिष्ठाको विषय पनि हो ।

    मुस्ताङमा घोडाको किनबेचको चहलपहल घाँसादेखि छोसेरसम्म देखिन्छ । यसको प्रभाव छिमेकी म्याग्दी, डोल्पा र मनाङसम्म फैलिएको छ ।

    चार हजार मिटरमाथि दौडिरहेका घोडा

    कास्कीको धान्द्रुकका घोडापालक विवेक मगरका लागि मुस्ताङको यार्तुङ एउटा पर्व भन्दा बढी आकर्षण बनेको छ । यही आकर्षणले उनलाई करिब चार हजार मिटर उचाइको उपल्लो मुस्ताङ सम्म ल्याएको छ । उनी करिब एक महिनादेखि मुस्ताङमै बसेर विभिन्न यार्तुङमा आफ्ना घोडा दौडाइरहेका छन् ।

    चराङको भर्का दौडमा उनको ‘ठन्डर’ घोडा प्रथम भयो। उसले एक लाख ५० हजार रुपैयाँ पुरस्कार जित्यो । लोमानथाङमा पनि भर्का दौडमा प्रथम हुँदै थप एक लाख ५० हजार रुपैयाँ हात पारिसकेको छ । अब उनको नजर मुक्तिनाथमा हुने ‘वार्खा दौड’मा छ ।

    पहाडी क्षेत्रबाट घोडा लिएर हिमालसम्म आउने यस्ता घोडापालकका कारण यार्तुङ स्थानीय पर्वको सीमा भन्दा बाहिर फैलिँदै गएको छ । यसले घोडा संस्कृति र प्रतिस्पर्धालाई पनि फराकिलो बनाएको छ ।

    घोडालाई गाडीमा, माया मनमा

    मनाङका कुमार गुरुङ यार्तुङका परिचित घोडाप्रेमी हुन्। गत वर्ष मुक्तिनाथको यार्तुङमा प्रथम भएका उनी यस वर्ष पनि तयारीमा छन्।

    यसपालि कुमार र उनका जुम्ल्याहा दाइ मुखिया गुरुङले घोडाप्रतिको माया देखाउने फरक तरिका अपनाए । घोडाको दौड, चाल र कदममा असर नपरोस् भनेर मुक्तिनाथदेखि चराङसम्म घोडालाई बलोरो गाडीमा राखेर लगे।

    घोडा दौडाउनु मात्रै उनीहरूको प्राथमिकता होइन। घोडाको हेरचाह, प्रशिक्षण, आराम र यात्रालाई पनि उनीहरू उत्तिकै महत्व दिन्छन्।

    यसै वर्ष चराङमा कुमारसँगैको जुम्ल्याहा दाइ मुखिया गुरुङको १५ नाम गरेको घोडा प्रथम भए। उनले तीन लाख रुपैयाँ पुरस्कार जिते।

    मुखियाका लागि यार्तुङमा घोडा दौडाउनु केवल प्रतिस्पर्धा होइन। पुस्तौँदेखि चलिआएको परम्परा, सीप र जीवनशैलीलाई निरन्तरता दिनु पनि हो।

    उनको बुझाइमा यातायातका लागि राम्रो सडक बनेजस्तै घोडाका लागि प्रयोग हुने गोरेटो बाटो पनि जोगाउन र बनाउन आवश्यक छ।

    घोडासँगै संस्कृति जोगाउने चाहना

    जोमसोमका स्थानीय सुरेश शेरचनका लागि घोडा यार्तुङको आकर्षण मात्र होइन, संस्कृति जोगाउने माध्यम पनि हो।

    ‘घोडा चढ्नलाई मात्र होइन, संस्कृति जोगाउन र राम्रो लक्षणका रूपमा पनि घोडा पालिन्छ,’ उनी भन्छन् ।

    मुस्ताङमा घोडाप्रतिको आकर्षण बढ्दै गएपछि शेरचनले पनि एक वर्षअघि महँगो घोडा किने । नियमित तालिम दिँदा घोडापालनबाट मानसिक आनन्दसमेत मिल्ने उनको अनुभव छ ।

    उनका लागि घोडा पाल्नु सोख मात्रै होइन, मुस्ताङ, विशेषगरी थकाली समुदायको मौलिक परम्परासँग जोडिनु पनि हो ।

    तीन वर्षदेखि दौडिरहेको ‘सिङ्की’

    मुस्ताङमा हुने वार्खा दौडमा आफ्नो छुट्टै पहिचान बनाएको अर्को नाम हो—झरकोटका नाम्डु गुरुङ र उनको ‘सिङ्की’ घोडा ।

    सिङ्कीले विगत तीन वर्षदेखि निरन्तर दौडमा सहभागिता जनाउँदै आएको छ । सातवटा दौडमा प्रथम भएको सिङ्कीले गत वर्षसम्म मात्र पुरस्कार बापत मात्रै तीन लाख ५० हजार रुपैयाँ जितिसकेको छ ।

    घोडाप्रेमी नाम्डुसँग अहिले तीनवटा घोडा छन् । उनका अर्का घोडा ‘टिके’ले चराङ र लोमानथाङ दुवै भर्का दौडमा दोस्रो स्थान हासिल गर्दै एक–एक लाख रुपैयाँ पुरस्कार जितिसकेको छ । उनका अर्का घोडाले लोमानथाङमा तेस्रो स्थान समेत हासिल गरेको छ ।

    यसै वर्ष गाउँपालिकाले आयोजना गरेको खिङ्गामा भएको भर्का दौडमा पनि उनका तीन घोडा क्रमशः दोस्रो, तेस्रो र चौथो भएका थिए । लगातारको यस्तो प्रदर्शनले नाम्डु गुरुङको पहिचानलाई पनि घोडा र यार्तुङसँग जोडिदिएको छ ।

    लोमानथाङका राजा र रानी

    यार्तुङको आकर्षण घोडा दौडमा मात्रै सीमित छैन । लोमानथाङको सांस्कृतिक परम्पराले पनि यस पर्वलाई विशिष्ट बनाएको छ । स्थानीयले सांस्कृतिक राजा–रानीलाई विशेष अतिथिका रूपमा सहभागी गराएर घोडा चढाउने परम्परा यहाँको यार्तुङको विशेष आकर्षण हो। यही कारण लोमानथाङको यार्तुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत चाखलाग्दो विषय बन्ने गरेको छ ।

    यहाँ घोडा दौड एउटा खेल मात्र होइन । यससँग लो क्षेत्रको इतिहास, संस्कृति, पहिचान र सामुदायिक गौरव जोडिएको छ ।

    घोडाको टापसँगै बाँचिरहेको संस्कृति

    यार्तुङ एउटा पर्वभन्दा धेरै ठूलो सामाजिक र सांस्कृतिक उत्सव हो । यसमा हिमाली जीवनशैली, कृषि, सामुदायिक सम्बन्ध, गीत–संगीत, घोडा संस्कृति र स्थानीय अर्थतन्त्र एकै ठाउँमा जोडिएका छन् ।

    पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको यही परम्पराले मुस्ताङको मौलिक पहिचानलाई निरन्तरता दिइरहेको छ ।

    घोडाको मूल्य लाखौँमा पुगेको छ । दौडमा पुरस्कारको प्रतिस्पर्धा बढेको छ । म्याग्दी, कास्की, डोल्पा , बाग्लुङ र मनाङ लगायत बाहिरी जिल्लाबाट समेत घोडापालकहरू मुस्ताङ पुग्न थालेका छन् । तर यार्तुङको मूलमा भने अझै उही पुरानो संस्कृति छ—गाउँलेहरूको जमघट, भेटघाट, गीत, भोजभतेर र घोडाको टाप ।

    हिमालको कठोर भूगोलबीच केही दिनका लागि गाउँमा थपिने यो रौनकले मुस्ताङी जीवनको अर्को सुन्दर पाटो देखाउँछ । यहाँ घोडा दौडिन्छ, तर घोडासँगै संस्कृति पनि दौडिन्छ । घोडाको टापसँगै पुस्तौँ पुरानो परम्पराको आवाज सुनिन्छ । यार्तुङले यही आवाजलाई नयाँ पुस्तासम्म पु¥याइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल तीन प्रहरी पुरस्कृत

    नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

    बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

    बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

    बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल…

    प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा…

    नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा…

    तिब्बत–रसुवागढी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न चिनियाँ…

    आर्थिक

    रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    कामना सेवा विकास बैंकद्धारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑