• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

      विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता

      मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति

      नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

      नापी सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा, श्रीमतीसमेत प्रतिवादी

      आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनमा नियमन जरुरी

      कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी

      आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

      सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

      विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

      रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

      गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला

      कालो चस्मा लगाउनुपर्ने भन्दै प्रधानमन्त्री बालेनले सभामुखलाई बुझाए स्वास्थ्य प्रतिवेदन

      हेटौडा कपडा उद्योग खुलेपछि सरकारलाई अन्जनको आरोप: उद्योग खुलेका छन् तर सरकारले चासो दिएन

      फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

    होमपेज /  समाचार

    कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ९, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउँदै नेपालमै लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

    मंगलबार आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले काठमाडौंमा आयोजना गरेको ‘वन तथा कृषि उद्यमहरूको प्रवद्र्धनः निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषि तथा वन क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन् ।

    उनले साना किसान, सामुदायिक वन समूह तथा उत्पादक संगठनहरू कच्चा पदार्थका आपूर्तिकर्तामा मात्र सीमित नभई प्रशोधन, ब्रान्डिङ र बजार पहुँचमा समेत अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘कृषि तथा वन क्षेत्रलाई ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच सहकार्य आवश्यक छ । साना किसान, सामुदायिक वन समूह र उत्पादक संगठनहरू ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार हुन् । उनीहरूलाई कच्चा पदार्थ आपूर्तिमा मात्र सीमित नराखी प्रशोधन, ब्रान्डिङ र बजार विस्तारमा समेत अघि बढाउन आवश्यक छ । उत्पादनसँगै संकलन, प्रशोधन, गुणस्तर, वित्तीय पहुँच र बजारसम्मको सम्पूर्ण मूल्य शृंखला सुनिश्चित गर्नुपर्छ । यसका लागि सरकार, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच प्रभावकारी सहकार्य आवश्यक छ।’

    मन्त्री चौधरीले अनुदानमा मात्र निर्भर हुनेभन्दा लगानीयोग्य उद्यमीलाई खरिदकर्ता र लगानीकर्तासँग दीर्घकालीन रूपमा जोड्नुपर्ने बताइन्। निजी क्षेत्रले उद्यमको वर्तमान आकार मात्र नभई त्यसको सम्भावना, सामुदायिक स्वामित्व र वातावरणीय योगदानलाई समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

    उनले उत्पादक संगठनहरूलाई आफ्नो व्यवसायिक योजना स्पष्ट बनाउन, सुशासन र पारदर्शिता कायम गर्न तथा लगानीकर्ताका अपेक्षाअनुसार आफूलाई तयार गर्न आग्रह गरिन्।

    कृषि, वन तथा वातावरणसम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने विषयमा मन्त्रालयभित्र समेत छलफल भइरहेको जानकारी दिँदै उनले नेपालमा लगानीको वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताइन्।

    मन्त्री चौधरीले सरकारले चालु वर्षलाई ‘कानुन सुधारको वर्ष’का रूपमा अघि बढाएको उल्लेख गर्दै व्यवसायी तथा लगानीकर्ताले भोगिरहेका कानुनी र प्रक्रियागत समस्या समाधानका लागि सरोकारवालाबाट सुझाव मागिन्।

    नेपालमा लगानी तथा व्यवसायका क्रममा कानुनी अवरोध रहेको गुनासो आउने गरेको भन्दै उनले आवश्यक कानुन तथा कार्यविधि सुधारमा सरकार गम्भीर रहेको बताइन्।

    नेपाललाई लामो समयदेखि ‘कृषिप्रधान देश’ र ‘हरियो वन नेपालको धन’ भनेर चिनाउँदै आए पनि त्यसको वास्तविक आर्थिक प्रतिफल देखिन नसकेको भन्दै मन्त्री चौधरीले त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

    उनले भनिन्, ‘नेपाल कृषि प्रधान देश हो भने कृषकहरू किन खुसी हुन सकेका छैनन्? हरियो वन नेपालको धन हो भने वन क्षेत्रले नेपाललाई अझ धेरै योगदान दिनुपर्ने हो। तर त्यो वास्तविकतामा किन रूपान्तरण हुन सकेको छैन भन्ने खोजी गर्दै मन्त्रालयले सुधारको काम अघि बढाइरहेको छ।’

    सरकारको प्रमुख जिम्मेवारी लगानीकर्तालाई कुनै क्षेत्रले प्रतिफल दिन सक्छ भन्ने विश्वास दिलाउनु रहेको उनको भनाइ थियो। त्यसका लागि सरकारले आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको उनले बताइन्।

    चौधरीले कृषि तथा वन क्षेत्रमा उत्पादन भएका वस्तुले बजार पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रम काठमाडौंमा मात्र सीमित नराखी देशभर विस्तार गर्नुपर्ने बताइन्।

    उनले वन तथा कृषि उद्यमको सफलतालाई कार्यक्रम र छलफलको संख्याबाट मात्र नभई आगामी दिनमा हुने लगानी, साझेदारी, रोजगारी तथा उत्पादन र आय वृद्धिबाट मापन गर्नुपर्ने बताइन्।

    सरकारले वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री चौधरीले ‘ग्रिन जब’ सिर्जनामा पनि जोड दिइन्।

    सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवद्र्धनको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले वन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् ।

    उनले सामुदायिक वन उपभोक्ता समूह र वनमा आधारित उद्यममार्फत स्थानीय रोजगारी विस्तार गर्न सकिने उल्लेख गरे । नेपालमा रहेका २३ हजार सामुदायिक वन उपभोक्तामार्फत वन क्षेत्रमा रोजगारी अभिवृद्धिका गर्न अथाह सम्भावना रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता

    मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति

    आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनमा नियमन जरुरी

    आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

    सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

    विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

    विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान…

    मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    एनआईएमबीले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

    १९ अंकले घट्यो नेप्से, २५ सय विन्दुमा बजार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑