सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा । हेटौँडामा रातभर सञ्चालन हुने दोहोरी साँझ तथा डान्स बारहरूको सञ्चालन समय निर्धारण गर्न र त्यहाँ कार्यरत कर्मचारीहरूको अभिलेख व्यवस्थित राख्नुपर्ने आवाज उठ्न थालेको छ।
स्थानीय सरोकारवालाहरूले दोहोरी तथा डान्स बारमा कार्यरत कर्मचारीहरूको परिचय खुल्ने कागजात सम्बन्धित प्रशासनसँग सुरक्षित हुनुपर्ने, उनीहरूको पहिचान स्पष्ट हुनुपर्ने तथा बालश्रम प्रयोग भए–नभएको विषयमा नियमित अनुगमन आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार हेटौँडाका विभिन्न दोहोरी तथा डान्स बारमा नेपालका विभिन्न जिल्लासँगै भारतीय नागरिकसमेत कार्यरत रहेको चर्चा हुने गरे पनि सम्बन्धित निकायसँग यकिन तथ्याङ्क तथा अभिलेख रहेको वा नरहेको स्पष्ट छैन।
यसैबीच हेटौँडा उपमहानगरपालिका–१०, टिसिएन रोडस्थित आरआरएस दोहोरी एण्ड थकाली भान्छा घरमा वेटरको रूपमा कार्यरत एक युवतीको मृत्यु भएपछि घटनाप्रति थप चासो बढेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन जिल्ला, भरतपुर महानगरपालिका–११, पदमपुर घर भई हाल हेटौँडा–१० मा बसोबास गर्दै आएकी करिब १७–१८ वर्षीया अनिशा विक आफ्नै डेरा कोठामा अचेत अवस्थामा फेला परेकी थिइन्। उनका साथीहरूले बिहान करिब ६ः१५ बजे उपचारका लागि हेटौँडा अस्पताल पु¥याएका थिए। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको जानकारी प्रहरीलाई बिहान करिब ६ः३० बजे प्राप्त भएको थियो।
जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक खत्रीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र मृत्युको कारणबारे अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन्। अनुसन्धानको अन्तिम प्रतिवेदनपछि मात्र घटनाको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।
घटनापछि हेटौँडामा सञ्चालन भइरहेका दोहोरी साँझ तथा डान्स बारहरूको निश्चित सञ्चालन समय तोक्न, नियमित अनुगमन गर्न, त्यहाँ कार्यरत कर्मचारीहरूको अभिलेख व्यवस्थित राख्न तथा श्रम र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने मागसमेत उठेको छ। सरोकारवालाहरूले यस्ता घटना दोहोरिन नदिन प्रशासन, प्रहरी र सम्बन्धित निकायले प्रभावकारी नियमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा