सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधन भएको छ। उनको मंगलबार दिउँसो काठमाडौंको कुलेश्वरस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार श्रेष्ठ लामो समयदेखि प्याङ्क्रियाज (अग्नाशय) को क्यान्सरबाट पीडित थिए। अघिल्लो वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनले नर्भिक अस्पताल र धुलिखेल अस्पतालमा उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल पुगेका उनी त्यहाँ किमोथेरापीपछि करिब तीन महिनापछि स्वदेश फर्किएका थिए। तर त्यसयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको थियो।
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी र पुराना नेतामध्ये एक मानिन्थे। उनले पार्टीको उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा पक्राउ परेपछि श्रेष्ठले नै पार्टीको नेतृत्व गर्दै संगठन सञ्चालन गरेका थिए।
गत पुसमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उनले दिएको सम्बोधन निकै चर्चामा आएको थियो।
यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले हालै श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारी रहे पनि बैठक बस्नुअघि नै श्रेष्ठको निधन भएपछि उक्त निर्णय औपचारिक रूपमा कार्यान्वयन हुन सकेन।
गोपालमान श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले लामो राजनीतिक अनुभव बोकेको एक अग्रज नेता गुमाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा