• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १२, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

      जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ’

      शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

      सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह

      सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

      कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

      गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      कांग्रेस नेता गोपालमान श्रेष्ठको  निधन

      प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो : हरिवंश

      मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

      माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)

      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही

    होमपेज /  अन्य

    बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ११, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पसिना बगाएर वर्षौंसम्म सेवा गरेर जम्मा गरेको रकम सहकारी सञ्चालकहरूले अपचलन गरी फरार भएपछि बचतकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।

    आन्दोलनका क्रममा विभिन्न ठाउँबाट आएका पीडितहरूले आफ्नो पीडा सुनाउँदै राज्यले तत्काल सुनुवाइ नगरे आन्दोलन थप भयावह हुने चेतावनी दिए ।

    आन्दोलनमा सहभाभी विद्या मानन्धरले दुईवटा सहकारीबाट आफ्नो लाखौँ रुपैयाँ ठगिएको दुखेसो पोखिन । उनका अनुसार जापानमा रहेका छोराले घर बनाउन तथा अन्य प्रयोजनका लागि पठाएको करिब ८२ लाख रुपैयाँ युनाइटेड बचत र युनिटी बचतमा जम्मा गरिएको थियो ।

    ‘सहकारी सञ्चालकहरूले घर बनाउने ठेकेदार र विभिन्न बहाना देखाएर रकम लगे तर अहिले निक्षेप फिर्ता गर्न आनाकानी गरिरहेका छन्,’ मानन्धरले भनिन् ।

    ‘दुईवटा शाखामा कागजात बुझाउँदा पनि कुनै सुनुवाइ भएन,’ उनले भनिन,‘आश्वासन मात्र पाइयो ।’ रकम डुबेपछि घरपरिवारमा मानसिक तनाव बढेको भन्दै उनले सरकारसँग दोषी सञ्चालकलाई कारबाही गरी रकम फिर्ता गराउन माग गरिन् ।

    अर्की पीडित रञ्जना मानन्धरले आफ्नो कुनै नियमित आम्दानी नभएको अवस्थामा भएको खेत बेचेर जम्मा गरेको पैसा सहकारीले डुबाएर विचल्ली बनाएको बताइन् ।

    वैदेशिक रोजगारीका नाममा गएका व्यक्तिको लगभग २० लाख रुपैयाँ शैलेश कपाली नामका व्यक्तिले ठगी गरेको र अहिलेसम्म हिसाब नदेखाएको उनको आरोप छ ।

    ‘घरमा सानासाना बालबच्चा छन् । पैसा नपाउँदा र श्रीमानको तनावकै कारण मृत्यु भयो । यतिबेला परिवार ठूलो चिन्तामा छ,’ उनले दुखेसो पोखिन । अहिले मानिसहरू उल्टै घूस मागेर ‘जति सक्छौ गर, जो–सुकैलाई भन’ भन्दै धम्क्याउने गरेको बताइन ।

    विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक हरिप्रसाद शर्मा र टेलिकमकी पूर्वएकाउन्ट अफिसर उनकी श्रीमतीको पनि ४० देखि ३५–३६ वर्ष लामो सरकारी सेवाको कमाइ ४५–५० लाख रुपैयाँ सहकारीमा डुबेको बताए । आफु मुटुको बिरामीसमेत रहेको शर्माले बताए ।

    आफ्नो खाता नवीकरण गर्न खोज्दा कार्यालय नै बन्द रहेको पाइएको बताए । म्यानेजर भनिएकी कमला गजुरेल र तत्कालीन एकाउन्टेन्ट सरिता ढुङ्गेलले रकम लिएर कागजातसमेत नदिएर ठगी गरेको उनको आरोप छ ।

    विगत तीन वर्षदेखि सीआईबी, मन्त्रालय र विभिन्न आयोगमा धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै उनले सहकारी सञ्चालकहरूको घरजग्गा लिलाम गरी पीडितलाई न्याय दिन माग गरे ।

    चेतराज बज्राचार्यले कान्तिपुर र नेसनल डेभलपमेन्ट (पिङ्गलास्थान) सहकारीमा आफ्नो रकम फसेको बताए । लामो समयदेखि नै विभिन्न मुद्दामा सङ्घर्षरत रहेका उनीहरूले अहिलेसम्म राहत नपाएको बताए ।

    ‘पहिले एउटा निकाय भए पुग्थ्यो, अहिले धेरै कार्यालय धाउनुपर्दा वृद्ध र बिरामीहरूलाई थप कष्ट भएको छ,’ उनले भने, ‘सुकुम्बासीले घर नपाएजस्तै सहकारी पीडितहरूको घरखेत लिलाम भए सरकारले जिम्मा लिनुपर्छ ।’

    सरकारलाई नियमित कर तिरेपनि आफूहरूले न्याय नपाएको र अदालतबाट मुद्दा जिते पनि महिनौँसम्म पैसा नपाएको उनको भनाइ छ । राजनीतिक दलहरूले आश्वासन मात्र दिएको भन्दै उनले अब पनि माग पूरा नभए आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

    कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

    कांग्रेस नेता गोपालमान श्रेष्ठको  निधन

    माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)

    स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति…

    जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम…

    शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता…

    गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति :…

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट…

    सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका…

    सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ…

    आर्थिक

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑