• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

      अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

      भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

      विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

      आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’

      आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

      तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

      कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      ६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

      रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

      पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

    होमपेज /  समाचार

    आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ७, बिहिबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।

    बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताए।

    उनले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौं । बीपी कोइरालाको पुण्यतिथिमा बीपीकै विचार र संस्कारको कुरा गरौं। २१औँ शताब्दीका युवाको भावनासँग बीपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्यतर्फ अघि बढ्ने संकल्प गरौं।’

    शर्माले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै नेपाल पनि यसको प्रत्यक्ष असरबाट अछुतो नरहेको बताए ।

    उनले दुई वर्षअघि असारमा खडेरी परेको र त्यही वर्ष असोज १२ गते काठमाडौं डुबानमा परेको घटनाको स्मरण गर्दै भारतको टिस्टा क्षेत्रमा आएको बाढी तथा साउदी अरेबियामा हजका क्रममा ५५ डिग्री तापक्रमका कारण एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको उदाहरण प्रस्तुत गरे।

    उनले भने, ‘आईसीमोडको रिपोर्टले हाम्रो क्षेत्रमा ४७ वटा हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिम रहेको देखाएको छ।’

    शर्माले कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता नभई समाजलाई जलवायु परिवर्तनप्रति सचेत गराउने अभियान भएको बताए।

    उनले भने, ‘पृथ्वीको रक्षा गर्नुपर्छ भने सबैभन्दा पहिले नेपालका हिमाल जोगाउनुपर्छ भन्ने अपिल गर्न हामी उभिएका हौं। जलवायु परिवर्तनका विषयमा आम नागरिकलाई शिक्षित गर्ने अभियान आवश्यक छ।’

    शर्माले बीपी कोइरालाले धेरै पहिले नै वातावरण संरक्षणको महत्व बुझेको उल्लेख गर्दै वन संरक्षणका लागि निजी स्वामित्वका जंगल राष्ट्रियकरण गरेको स्मरण गरे। साथै, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ती वन समुदायलाई हस्तान्तरण गरेपछि नेपाल सामुदायिक वन व्यवस्थापनमा विश्वसामु उदाहरण बनेको बताए।

    उनले भने, ‘आज नेपालले विश्वसामु भन्न सक्छ कि हाम्रो कुल भू–भागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रमा वन छ। बीपीले त्यो बेला नै पृथ्वी जलवायु संकटसँग जुध्नेछ र त्यसलाई जोगाउने सबैभन्दा ठूलो आधार रुख हुने दूरदृष्टि राख्नुभएको थियो। त्यसैले बीपीले कांग्रेसको चुनाव चिन्ह पनि रुख लिनुभयो।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

    कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    ६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

    रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन…

    अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

    भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

    आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो…

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑