• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

      सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्- ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

      गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने

      हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

      ‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध

      मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

      प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

      मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

      ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा, दीपकराजले व्यक्त गरे आभार

      म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

      विमानस्थलबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईँ पक्राउ परेका होइनन् :प्रहरी प्रवक्ता

    होमपेज /  अन्य

    सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्- ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २८, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरीपाटीमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको छ।

    आइतबार गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्रीको टोली भक्तपुरको खरीपाटी पुगेर विस्थापित सुकुम्वासीसँग भेटवार्ता गरेको हो। टोलीले उनीहरूको वर्तमान अवस्था, बसोबास, स्वास्थ्य तथा अन्य आवश्यकताबारे जानकारी लिँदै सरकारले दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

    सरकारका अनुसार लगातारको वर्षापछि कीर्तिपुरको राधास्वामी क्षेत्रमा रहेको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका ३१ परिवारका ८९ जनालाई सुरक्षित रूपमा भक्तपुरको खरीपाटी र बोडे क्षेत्रमा रहेको अस्थायी व्यवस्थापन स्थलमा सारिएको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सुकुम्वासीको स्थायी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताउँदै आवश्यक कागजात र जग्गा प्रमाणीकरणको प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिने स्पष्ट पारिन्। उनका अनुसार बर्दियाबाट लालपुर्जा वितरणको काम सुरु भइसकेको छ भने क्रमशः अन्य जिल्लामा पनि विस्तार गरिनेछ।

    उनले कानुनी प्रक्रिया पूरा नगरी हतारमा लालपुर्जा वितरण गर्दा भविष्यमा अदालतमा मुद्दा पर्न सक्ने र त्यसले वास्तविक लाभग्राहीको अधिकार नै गुम्न सक्ने भएकाले नागरिकता, बसोबासको विवरण तथा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नुपर्नेमा जोड दिइन्।

    गृहमन्त्री सुधन गुरुङले विस्थापित परिवारको सुरक्षा, बालबालिकाको शिक्षा तथा आधारभूत सेवाको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए। उनले अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन पुनःस्थापनाको काम पनि चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले विस्थापित परिवारमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए तत्काल मन्त्रालयले आवश्यक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

    मन्त्रीहरूको टोलीमा शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल सहभागी थिए।

    यसअघि सरकारले थापाथलीलगायत बागमती नदी किनारका अव्यवस्थित सुकुम्वासी बस्ती हटाएको थियो। तर, विस्थापित परिवारको स्थायी पुनःस्थापना र लालपुर्जा वितरणको विषय अझै पूर्ण रूपमा टुंगो लाग्न सकेको छैन। सरकारले अहिले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढिरहेको जनाएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने

    ‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध

    म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

    सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन कार्यक्रम सम्पन्न

    रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व सङ्कलन ९१.७९ प्रतिशत

    खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    सुकुम्वासी भेटन् सरकारका ६ मन्त्रीहरू खरिपाटीमा, भूमिमन्त्रीले भनिन्-…

    गणेश नेपाली मृत्यु प्रकरणमा सरकार–महानगर–परिवारबीच ९ बुँदे सहमति,…

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार…

    मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान…

    क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५०…

    आर्थिक

    सुनको मूल्य सामान्य बढ्यो

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑