सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मृतककी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन्। सरकारले पीडित परिवारसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाएको संकेतस्वरूप नागरिकता हस्तान्तरण गरिएको बताइएको छ।
यसअघि आइतबार नै सरकार, काठमाडौं महानगरपालिका र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति भएको थियो। सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिको प्रतिवेदनका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
त्यसैगरी, मृतककी श्रीमतीलाई योग्यता अनुसार रोजगारी उपलब्ध गराइने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
सहमतिमा पीडित परिवारलाई राहत रकम उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्त्येष्टिको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने र आश्रित परिवारका सदस्यहरूको स्वास्थ्य बिमाको व्यवस्था मिलाउने विषय पनि समेटिएको छ।
सरकारले उक्त सहमतिलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ भने नागरिकता हस्तान्तरणलाई त्यसको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा