सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा