सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।
नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले तेस्रो चौमासिकसम्मको वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ५१ करोड ६३ लाख ४५ हजार ७७४ रुपैयाँ १० पैसामध्ये ४३ करोड ५५ लाख ८७ हजार ८७ रुपैयाँ ६ पैसा अर्थात् ८४.३६ प्रतिशत खर्च भएको छ ।
त्यसैगरी विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित पुँजीगत खर्चतर्फ विनियोजित ३३ करोड ७३ लाख ४२ हजार ९७ रुपैयाँ ५६ पैसामध्ये १५ करोड ९ लाख २३ हजार ६४५ रुपैयाँ ५६ पैसा अर्थात् ४४.७४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
नगरपालिकाको कुल अनुमानित बजेट ८५ करोड ३६ लाख ८७ हजार ८७१ रुपैयाँ ६६ पैसा रहेकोमा तेस्रो चौमासिकसम्म ५८ करोड ६५ लाख १० हजार ७३२ रुपैयाँ ६२ पैसा खर्च भएको छ । यससँगै नगरपालिकाको समग्र बजेट कार्यान्वयन ६८.७ प्रतिशत पुगेको जनाइएको छ ।
राजस्व सङ्कलनतर्फ पनि नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ। वार्षिक राजस्व सङ्कलन लक्ष्य १ करोड १७ लाख ७४ हजार ७ सय रुपैयाँ रहेकोमा तेस्रो चौमासिकसम्म लक्ष्यको ९१.७९ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाको कामलाई थप उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइले महत्त्वपूर्ण सहयोग पु¥याउने बताइएको थियो । नागरिकबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
नगर उपप्रमुख बाला कुमारी कार्कीले सीमित स्रोत–साधनका बाबजुद नगरपालिकाले नागरिकमुखी सेवा प्रवाह, सुशासन र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै नगरपालिकाको सेवा प्रवाह र विकासका कामलाई थप व्यवस्थित रूपमा अघि बढाइने धारणा राखिन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले सेवा प्रवाह, विकास आयोजना र बजेट कार्यान्वयनका विषयमा जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए ।
सहभागीहरूबाट उठाइएका प्रश्न तथा जिज्ञासाको नगरपालिकाका तर्फबाट जवाफ दिइएको थियो । सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी दिनमा नगरपालिकाको नीति, योजना तथा सेवा प्रवाह सुधारमा उपयोग गरिने जनाइएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा