सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। उनीहरूलाई हाल कालीमाटी प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।
घटनास्थलमा खटिएको नेपाल प्रहरीले तत्काल आगो निभाएर उनको उद्धार गर्दै उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार राहदानी विभाग नजिक मोटरसाइकल रोकेका बेला काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि विवाद भएको थियो। सोही घटनापछि उत्पन्न तनावका कारण उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि नगर प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले घटनाको वास्तविक कारण र जिम्मेवारीबारे थप अनुसन्धान जारी रहेको बताएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा