• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

      मध्यपूर्वमा युद्धविरामपछि श्रीलंकामा इन्धनको मूल्य घट्यो

      सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      उत्पादनको होइन, उधारोको संकट : तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा

       भारी वर्षाको सम्भावना अति जोखिमयूक्त ठाउँमा आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी 

      धान दिवस तडकभडकमा सीमित, किसानको खेतमा ज्ञान र प्रविधि पुग्नुपर्छ : प्राडा अधिकारी

      नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश

      जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश 

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान उत्पादन बढाउने योजना कमजोर

      गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान, ट्राफिकले सिंहदरबारमै हटायो स्टिकर

      धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

      गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

      नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित छौंः जनार्दन शर्मा

    होमपेज /  समाचार

    धान दिवस तडकभडकमा सीमित, किसानको खेतमा ज्ञान र प्रविधि पुग्नुपर्छ : प्राडा अधिकारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । नेपालमा राष्ट्रिय धान दिवस वर्षेनी असार १५ गते धुमधामका साथ मनाइन्छ । तर, यो दिवस पछिल्ला वर्षहरूमा किसानलाई आधुनिक प्रविधि र उत्पादन वृद्धि सम्बन्धी सन्देश दिनेभन्दा पनि औपचारिकता, फोटो खिच्ने र दही–चिउरा खाने कार्यक्रममा सीमित हुन थालेको धान विज्ञ तथा प्राध्यापक डा. विष्णु विलास अधिकारी बताउँछन् ।

    धानबाली अनुसन्धानमा तीन दशकभन्दा बढी समय बिताएका अधिकारीका अनुसार राष्ट्रिय धान दिवसको मूल उद्देश्य किसानलाई सही समयमा रोपाइँ, उन्नत बीउ, मल, सिँचाइ, यान्त्रीकरण र आधुनिक खेती प्रविधिबारे सचेत गराउनु हो । तर अहिले यसको मूल मर्म कमजोर बन्दै गएको उनको भनाइ छ ।

    ‘आजभोलि जुत्ता लगाएर खेतमा जाने, केही बेर प्रतीकात्मक रूपमा रोपाइँ गर्ने, फोटो खिच्ने र दही–चिउरा खाने प्रवृत्ति बढेको छ,’ उनी भन्छन, ‘वास्तविक किसानको खेतमा पुगेर उत्पादन कसरी बढाउने भन्ने सन्देश दिने काम भने कमजोर भएको छ ।’

    लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले सर्वोदय माध्यमिक विद्यालयबाट एसएलसी, लमजुङ क्याम्पसबाट आईएससी (कृषि) र त्यसपछि रामपुरबाट बीएससी एजी तथा एमएससी एजी पूरा गरेका हुन् । एग्रोनोमी विषयमा विशेषज्ञता हासिल गरेका उनले स्नातकोत्तर तहदेखि नै धानबालीमा अनुसन्धान सुरु गरेका थिए ।

    पछि अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (आईआरआरआई) को सहयोगमा उनले लमजुङ, तनहुँ र गोरखामा धानबालीसम्बन्धी विभिन्न अनुसन्धान परियोजना सञ्चालन गरे । विशेषगरी पछिल्लो समय ओझेलमा परेको घैया धानको संरक्षण तथा छनोटमा उनले काम गरेका थिए ।

    त्यसपछि आईआरआरआईकै आर्थिक सहयोगमा भारतको इलाहाबाद विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका अधिकारीको अनुसन्धानले नेपालमा सुक्खा सहन सक्ने धानका जात विकासमा महत्वपूर्ण योगदान पु¥यायो ।

    उनका अनुसार सन् २०११ मा सार्वजनिक भएका सुक्खा धान–१, सुक्खा धान–२ र सुक्खा धान–३८८ जात विकासमा उनको अनुसन्धानका तथ्यांक उपयोग भएका थिए । त्यसपछि सन् २०१४ मा ८८सुक्खा धान–४, ५ र ६८८ समेत विकास भए, जसले जलवायु परिवर्तनका कारण बढ्दो सुख्खाको जोखिम सामना गर्न नेपाली किसानलाई सहयोग पु¥याइरहेको छ ।

    अधिकारीका अनुसार अहिले नेपालको धान खेतीमा सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो । पहाडमा अत्यधिक वर्षा हुँदा तराईमा बाढी र डुबान हुन्छ भने कतिपय वर्ष लामो खडेरीले रोपाइँ नै प्रभावित हुन्छ ।

    यही चुनौतीलाई ध्यानमा राख्दै नेपालमा सुख्खा सहन सक्ने, डुबान सहन सक्ने तथा लामो समय पानीमा डुबेर पनि उत्पादन दिनसक्ने धानका जात विकासमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।

    ‘हाम्रो प्राथमिकता नै सुक्खा हो,’ उनी भन्छन्,‘नेपालमा वर्षेनी खडेरीको समस्या दोहोरिने भएकाले त्यहीअनुसारका जात विकासमा धेरै काम भइरहेको छ ।’ हाल उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन् । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीलाई अनुसन्धानमा मार्गदर्शन गर्दै नयाँ पुस्ताका कृषि वैज्ञानिक तयार पार्ने काममा उनी सक्रिय छन् ।

    यद्यपि, कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण भने घट्दै गएको उनको विश्लेषण छ। उनका अनुसार पछिल्ला वर्षहरूमा गुणस्तरीय पूर्वाधार, प्रयोगशाला, अनुसन्धान सुविधा र दक्ष जनशक्तिको अभावका कारण विद्यार्थी विदेशतर्फ आकर्षित भएका छन् ।

    ‘हामीले आवश्यकता भन्दा धेरै कृषि क्याम्पस खोल्यौं तर गुणस्तरमा ध्यान दिएनौं,‘ उनी भन्छन्,’रोजगारीको सुनिश्चितता र अनुसन्धानको वातावरण कमजोर हुँदा विद्यार्थी विदेश गइरहेका छन् ।’

    उनका अनुसार अहिले धेरै निजी कृषि क्याम्पस विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । तर गुणस्तरीय शिक्षा दिन सकिए कृषि अझै पनि भविष्य सुरक्षित बनाउने विषय भएको उनको विश्वास छ ।

    ‘कृषि पढेको विद्यार्थी संसारभर वैज्ञानिक बन्न सक्छ, अनुसन्धान गर्न सक्छ वा आफैं सफल उद्यमी बन्न सक्छ,’उनी भन्छन् । ‘कृषिमा सम्भावना धेरै छन्। अब विस्तारै युवाको आकर्षण पनि बढ्न थालेको छ ।’

    धान उत्पादन बढाउन सरकारी प्रयास भइरहेको स्वीकार गर्दै अधिकारी कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताउँछन् । उनका अनुसार उन्नत बीउ उत्पादन, बीउ संरक्षण, किसानलाई अनुदान, यान्त्रीकरण तथा आधुनिक प्रविधि विस्तारका कार्यक्रम सुरु भए पनि त्यसको प्रभाव किसानसम्म पूर्ण रूपमा पुग्न सकेको छैन ।

    विशेषगरी रासायनिक मलको उपलब्धता अझै पनि ठूलो समस्या रहेको उनी बताउँछन् ।

    सरकारले पर्याप्त मल मौज्दात रहेको भन्छ, तर किसानले रोपाइँको समयमा मल पाउँदैनन्,‘उनी भन्छन् । ‘त्यो किन भइरहेको छ भन्ने विषयमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ ।’

    उनका अनुसार किसानले आवश्यक समयमा, आवश्यक मात्रामा र उचित मूल्यमा मल पाए उत्पादन स्वतः बढ्न सक्छ । राष्ट्रिय धान दिवसको महत्वबारे बोल्दै अधिकारी असार १५ ले सम्पूर्ण नेपालीलाई धान रोपाइँको समय भएको सन्देश दिने विश्वास व्यक्त गर्छन् । पहाड र तराईमा रोपाइँको समय केही फरक भए पनि असार १५ प्रतीकात्मक रूपमा सबैलाई कृषि अभियानमा जोड्ने दिन भएको उनको भनाइ छ ।

    ‘हामी सबै भात खाने मानिस हौं,’उनी भन्छन्, ‘त्यसैले धान उत्पादन बढाउने अभियानमा किसान मात्र होइन, सरकार, अनुसन्धानकर्ता, विश्वविद्यालय, विद्यार्थी र समाजका सबै क्षेत्र एकजुट हुनुपर्छ ।’

    उनका अनुसार जलवायु परिवर्तनको चुनौती सामना गर्न उन्नत बीउ, पर्याप्त सिँचाइ, मल, यान्त्रीकरण र आधुनिक खेती प्रविधिलाई प्रभावकारी रूपमा किसानसम्म पु¥याउन सके नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना अझै बलियो रहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

     भारी वर्षाको सम्भावना अति जोखिमयूक्त ठाउँमा आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी 

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

    दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

    आज दही चिउरा खाई असार १५ मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

    मध्यपूर्वमा युद्धविरामपछि श्रीलंकामा इन्धनको मूल्य घट्यो

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    आर्थिक

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    उत्पादनको होइन, उधारोको संकट : तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑