सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री **गोकुल बास्कोटा**ले पछिल्लो समय कम्युनिस्ट दलहरूबीच एकता तथा संयुक्त मोर्चा गठनका लागि भइरहेका प्रयासप्रति कटाक्ष गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले पटकपटक फुटिसकेको कम्युनिस्ट आन्दोलनलाई पुनः जोड्ने प्रयास नेतृत्वको असफलता लुकाउने माध्यम बनेको टिप्पणी गरेका हुन्।
उनले देशमा ठूलो राजनीतिक खतरा रहेको भाष्य निर्माण गरेर नेतृत्वले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको आरोप लगाए। बास्कोटाले लेखेका छन्, भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’
बास्कोटाले कम्युनिस्ट दलहरूबीच एकता वा मोर्चाको नाममा भइरहेको पहल नेतृत्वको स्वार्थबाट प्रेरित रहेको दाबी गरेका छन्।
उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन नेतृत्वले पहिले आफ्ना विगतका गल्ती स्वीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। फेसबुक पोस्टमा उनले प्रश्न गरेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन्न। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’
पछिल्लो समय विभिन्न कम्युनिस्ट दलहरूबीच एकता तथा सहकार्यको विषयमा भइरहेका राजनीतिक छलफलका बीच बास्कोटाको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा