सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्ने संकेत देखिएकाले नेपालमा पनि केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा देखिएको तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य केही समय बढेको भए पनि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको र मूल्य घट्ने संकेत देखिएको बताए।
उनले इन्धनको मूल्यवृद्धिका कारण आम उपभोक्तामाथि परेको आर्थिक भार कम गर्न सरकारले विभिन्न राहतका उपाय लागू गरिसकेको जानकारी दिए। वाग्लेका अनुसार आफू अर्थमन्त्री बनेको दुई साताभित्रै कानुनको दफा १८ अन्तर्गतको व्यवस्था प्रयोग गर्दै डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको छ।
अर्थमन्त्रीले नेपालले अधिकांश पेट्रोलियम पदार्थ Indian Oil Corporationमार्फत आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको प्रभाव नेपाली बजारमा तत्काल नदेखिने स्पष्ट पारे। उनले मूल्य समायोजन प्रक्रियामा केही समय लाग्ने भए पनि विश्व बजारको मूल्य घटेपछि त्यसको सकारात्मक प्रभाव नेपालमा पनि पर्ने विश्वास व्यक्त गरे।
उनले सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज राख्नुका साथै उपभोक्तालाई राहत दिन आवश्यक नीतिगत निर्णयहरू निरन्तर गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनतालाई सहज हुने गरी मूल्य व्यवस्थापनमा ध्यान केन्द्रित रहने बताए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा