सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ४३८ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही विभिन्न सवारी नियम उल्लंघन गर्ने चालकहरूलाई गरिएको हो। कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १३० जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १२३ जना तथा तीव्र गतिमा सवारी चलाउने १६० जना रहेका छन्।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १२२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८८ जना, लागूपदार्थ सेवन गरी सवारी चलाउने तीन जना र निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारीसाधन समेत कारबाहीमा परेका छन्।
यसबाहेक अन्य विभिन्न प्रकारका सवारी नियम उल्लंघन गर्ने एक हजार ७०० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा सुरक्षित आवागमन सुनिश्चित गर्न नियमित रूपमा विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन भइरहेको जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा