सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओली ले सामाजिक सञ्जालमार्फत हुने अश्लील टिप्पणी, धम्की र साइबर बुलिङविरुद्ध कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दर्ता गराएको जानकारी दिइन्। उनका अनुसार धम्की दिने र अश्लील सन्देश पठाउने व्यक्तिमाथि कारबाहीको माग गरिएको छ भने एक जना पक्राउ परिसकेका छन्।
ओलीले पक्राउ परेका व्यक्तिसँगको अनुभव सुनाउँदै सामाजिक सञ्जालमा फैलिरहेको घृणा र अश्लीलताको स्तर चिन्ताजनक रहेको बताइन्। उनले आफ्नो विचारको आलोचना र असहमतिलाई स्वीकार गर्ने तर व्यक्तिगत घृणा, अश्लीलता र धम्कीप्रति भने शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारिन्।
सामाजिक सञ्जाल अहिले ‘असामाजिक’ बन्दै गएको टिप्पणी गर्दै उनले कलाकार, पत्रकार, खेलाडी तथा राजनीतिज्ञलगायत धेरै सार्वजनिक व्यक्तिहरू साइबर बुलिङको सिकार भइरहेको बताइन्।
साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रको सहभागितामा एकीकृत टास्क फोर्स गठन गर्नुपर्ने सुझाव दिँदै उनले यस्ता अपराधविरुद्ध प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताइन्।
साथै, गृहमन्त्रीले साइबर अपराधका विषयमा देखाएको संवेदनशीलताको प्रशंसा गर्दै संस्थागत क्षमता सुदृढ गरी साइबर अपराध नियन्त्रणमा थप प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा