सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा आयकर छुट १० प्रतिशत गरिएको बताए । उनले भने, ‘प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा यता १० लाखसम्म आय छुट दिइएको छ । तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनुहुन्न । ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ।’ उनले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताए । उनले काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम भएको बताए । उनले भने, ‘काठमाडौंबाहिर तीन÷चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम हो । त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ, यता हजारौँ क्षतिपूर्ति भइसकेको छ । त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ ।’
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा