सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । दोलखाको भीमेश्वर मन्दिरको भन्दा पनि पुरानो इतिहास बोकेको रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको भीमसेनथान प्रचारको अभावले ओझेलमा परेको छ ।
चिसापानी स्थित नेवार गाउँको सिरानमा रहेको यो भीमसेनथानलाई पाँच पाण्डव मध्येका माइला भाइ भीम बास बसेको ठाउँ मानिन्छ । पूर्व जाने क्रममा रामेछापको रजगाउँको भीमसेनथानबाट चिसापानीको भीमसेनथान हुँदै दोलखाको भीमसेनथान गएको भन्ने किंवदन्ती रहेको स्थानीय बुढापाकाहरु बताउँछन् ।
डाँडाको सिरानमा रहेको यो भीमसेनथान दृश्यावलोकनको लागि पनि निक्कै रमणीय छ । रामेछापको सदरमुकाम मन्थली सहितको तामाकोसी नदी, विभिन्न हिमाल र डाँडाहरू तथा बस्ती देखिने यो स्थानमा बसेर चारैतिर हेर्न निक्कै रमाइलो हुन्छ ।
मन्थलीबाट पैदल जाँदा करिब एक घण्टाको दुरीमा पुगिने यो स्थानसम्म पुग्ने पक्किबाटो पनि बनिसकेको छ । पैदल हिँड्न चाहनेको लागि मन्थलीको गाईखुरादेखि भीमशेनथानसम्म पदमार्ग बनाइएको छ ।
वाग्मती प्रदेश सरकारले पर्यटन प्रवर्धनको लागि गाईखुरादेखि भीमशेनथानसम्म पुग्ने पदमार्गमा सिँढी बनाएको छ । त्यस्तै भीमसेनथान क्षेत्रमा पनि सिँढी, मन्दिर र सत्तल निर्माण गरिएको छ । मन्थलीबाट मर्निङवाक गर्न चाहनेहरूका लागि तथा मन्थली आएका नजिक घुम्न जानेहरूका लागि पनि यो उपयुक्त भ्रमणस्थल बन्न सक्छ ।
विभिन्न संरचनाहरू निर्माण गरेर चिटिक्क पारिएको भए पनि प्रचार नहुँदा यो भीमसेनथान सुनसान देखिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा