• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

      प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

      फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

      यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

      इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

      हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

      बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

      २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

      काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

      परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

      विश्वकपअघि इङ्गल्यान्डको क्याम्प नजिक गोलीकाण्ड

      रविको आह्वानमा सर्वदलीय बैठक सुरु, ऐन महर पनि पुगे, को-को छन् सहभागी ?

      फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

      रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

      रास्वपा जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी

    होमपेज /  समाचार

    बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४१ पटक पढिएको
  • नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।

    विदुर निवासी युवा अभियन्ता एवं नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रा।लि।ले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि विद्यार्थीहरूका लागि यो अवसर सुनिश्चित भएको हो ।

    कार्यक्रम कार्यान्वयनका लागि विदुर नगरपालिका, नेपाल युवा परिषद र दूरशिक्षा एजुकेसन नेटवर्कबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, दूरशिक्षा एजुकेसन नेटवर्कका सञ्चालक कृष्ण पाण्डे तथा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार विदुर नगरपालिकाका १३ वटै वडाबाट एक–एक जना तथा स्थानीय भैरवी माध्यमिक विद्यालयबाट थप दुई जना गरी कुल १५ जना विद्यार्थीलाई ६ महिने कम्प्युटर (करिब ९० हजार खर्च बराबर) डिप्लोमा कोर्षमा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । उच्च शिक्षाका लागि काठमाडौं आउने प्रतिभाशाली विद्यार्थीहरूलाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग जोड्दै सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको भन्दै छात्रवृत्ति कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर रुपमा सञ्चालन गर्ने आफूहरुको योजना रहेको नेपाल युवा परिषदका अध्यक्ष बानियाँले जानकारी दिए ।

    सूचना प्रविधि वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा मेधावी विद्यार्थीहरूलाई यस क्षेत्रमा अध्ययन गर्ने अवसर उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको र यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले जनाए ।

    परिषदले कार्यक्रमको समग्र समन्वय तथा व्यवस्थापन गर्ने, सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने तथा विद्यार्थी छनोट प्रक्रियामा सहजीकरण गर्नेछ भने, नगरपालिकाले आफ्नो क्षेत्रभित्रका वास्तविक विपन्न, मेधावी तथा सूचना प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूको पहिचान गरी छनोट तथा सिफारिस गर्ने जिम्मेवारी वहन गर्नेछ ।

    दूरशिक्षा एजुकेसन नेटवर्कले भने ६ महिने डिप्लोमा कोर्ष सञ्चालन गर्ने, छनोट भएका विद्यार्थीलाई पूर्ण शुल्क छुट उपलब्ध गराउने, आवश्यक शैक्षिक सामग्री, दक्ष प्रशिक्षक तथा अत्याधुनिक प्रयोगशालाको सुविधा प्रदान गर्ने र कोर्ष सम्पन्न भएपछि प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

    छात्रवृत्तिका लागि विद्यार्थी आर्थिक रूपमा विपन्न, अध्ययनमा उत्कृष्ट तथा सूचना प्रविधि क्षेत्रमा अध्ययन गर्ने स्पष्ट रुचि र इच्छाशक्ति भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस कार्यक्रमकले ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधि शिक्षासँग जोड्दै उनीहरूको शैक्षिक, व्यावसायिक तथा रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

    इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

    हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

    आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

    निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा

    नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

    प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन…

    फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

    यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ :…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑