सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २५ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि पुनः काममा फर्किएकी छन्। प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै बिदामा बसेकी मल्ल आइतबार अदालत उपस्थित भएकी हुन्।
अदालतमा फर्किएसँगै उनले आजैदेखि मुद्दा हेर्न सुरु गर्ने भएकी छन्। उनको एकल तथा संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी तोकिएका छन्।
प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गर्नुअघि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। सोही क्रममा उनले आफ्नो बिदा स्वीकृत गराएर अदालतबाट बाहिरिएकी थिइन्।
सर्वोच्च अदालतको वरीयताक्रममा पहिलो स्थानमा रहेकी मल्ल, दोस्रो नम्बरमा रहेका कुमार रेग्मी र तेस्रो नम्बरमा रहेका हरिप्रसाद फुयाललाई पछि पार्दै चौथो वरीयतामा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले असन्तुष्टि जनाएकी थिइन्।
उनको अदालतमा पुनरागमनलाई न्यायालयभित्र चासोका साथ हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा