सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) विरुद्ध दायर सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीहरूको बहसपछि भएको थुनछेक सुनुवाइमा न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो। उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ।
एक व्यवसायीले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत चैतमा अधिकारीसहित १० जनाविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोजन पक्षको दाबी छ।
२०८२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेको अवस्थामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा पक्राउ परेकी थिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा