सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई शुक्रबार उक्त जिम्मेवारी दिइएको हो।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। खोजपत्रकार, लेखक तथा प्राध्यापकका रूपमा परिचित उनी सञ्चार क्षेत्रको अनुभवी व्यक्तित्व मानिन्छिन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति निर्माण, अनुसन्धान कार्य तथा मिडिया व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन्।
रेडियो, टेलिभिजन, छापा तथा अनलाइन पत्रकारितामा २० वर्षभन्दा बढी अनुभव हासिल गरेकी दाहाल पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत थिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा