सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा तथा विद्यार्थीहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएका छन्। उनीहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग्दै दिउँसो १ बजे विरोध कार्यक्रम आयोजना गर्न लागेका हुन्।
युवा–विद्यार्थीहरूले महासचिव पोखरेलको कार्यशैलीका कारण पार्टी गम्भीर संकटमा परेको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टीभित्र गुटबन्दी मौलाउँदै गएको छ भने युवाहरूलाई अवसरबाट वञ्चित गर्ने प्रवृत्ति बढेको छ।
‘महासचिव शंकर पोखरेलको कार्यशैलीकै कारण पार्टीभित्र समस्या बढेको छ। युवालाई निषेध गर्ने काम भइरहेको छ, त्यसको विरोधमा हामी धर्ना दिन लागेका हौँ,’ एक सहभागी युवाले बताएका छन्।
युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई संसदीय दलको नेता बन्ने प्रक्रियामा अवरोध गरिएको आरोपपछि युवा पंक्ति अझ आक्रोशित बनेको बताइएको छ। यही विषयले पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको उनीहरूको भनाइ छ।
यसअघि हिजो साँझ पनि एमाले सम्बद्ध युवाहरूले लैनचौरदेखि च्यासलसम्म मार्चपास गर्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए। पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरूले सुधारको माग अघि सारेका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच आजको धर्नालाई महत्वपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा