सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेनलाई पनि शपथ ग्रहण गराएका थिए।
प्रधानमन्त्री बालेन नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ, जसमा पाँच जना महिला मन्त्रीहरूको सहभागिता रहेको छ। नयाँ मन्त्रिपरिषद्ले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताइएको छ।
शपथ ग्रहण सम्पन्न भएसँगै नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूले आजै सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। नयाँ सरकार गठनसँगै आगामी नीति, कार्यक्रम तथा कार्यदिशाबारे चासो बढेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा