• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?

      विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

      विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

      प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

      नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

      सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

      बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू : ट्रम्प

      समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

      कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

      संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

      मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

      डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

      एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    होमपेज /  मुख्य समाचार

    मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र ९, सोमबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०३ पटक पढिएको
  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।

    मन्त्री श्रेष्ठले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आफ्नो कार्यकाल छोटो भए पनि यो अवधि अत्यन्त बृहद र सिकाइले भरिपूर्ण रहेको उल्लेख गरिन । यसअघि पर्यटन क्षेत्रमा काम गर्दाको अनुभवका आधारमा महिला, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूमा जानकार भए पनि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ती विषयहरूलाई अझ गहिराइमा बुझ्ने अवसर प्राप्त भएको उनको भनाइ छ ।
    उनले सामाजिक क्षेत्रका नीतिगत जटिलता, संस्थागत समन्वयको आवश्यकता तथा सेवा प्रवाह सुधारका चुनौतीहरूलाई नजिकबाट अध्ययन गर्ने अवसर मिलेको बताउँदै आफ्नो कार्यकालमा निर्वाचन केन्द्रित विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा प्रत्यक्ष सेवा प्रवाह सुधारका महत्वपूर्ण पहलहरू अघि बढाइएको उल्लेख गरिन ।

    मन्त्री श्रेष्ठका अनुसार आगामी दिनमा अहिले सुरु भएका कार्यक्रमलाई निरन्तरता दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण र सशक्तीकरणलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सकिनेछ । उनले मन्त्रालयका उपलब्धिहरू भौतिक मात्र नभई सामाजिक अनुभूति र व्यवहार परिवर्तनसँग जोडिएका भएकाले सञ्चारमाध्यम, नागरिक समाज तथा सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

    उक्त अवधिमा हासिल उपलब्धिहरू सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, मन्त्रालय तथा अन्तर्गतका निकाय, कर्मचारी, अभियन्ता, अधिकारकर्मी, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहकार्यबाट सम्भव भएको बताउँदै उनले सबैमा आभार व्यक्त गरिन् ।
    उनले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई विश्वास गरी कठिन परिस्थितिमा मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै विश्वासका लागि आभार प्रकट गरिन्र ।
    । उनले उक्त अवधिमा समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिन् ।
    प्रगति विवरणमा पछिल्लो तीन महिनामा मन्त्रालयले नीति निर्माण र सुधारलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख छ । जसमा मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत भइ कार्यान्वयन आएको उनले बताइन ।

    साथै लैङ्गिक समानता र उत्तरदायित्व सुनिश्चित गर्न राष्ट्रिय लैङ्गिक लेखापरीक्षण कार्यविधि–२०८२, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका परियोजनाको साधारण तथा परियोजना सम्झौता गर्ने कार्यलाई व्यवस्थित गर्न परियोजना सहजीकरण कार्यविधि, २०८२, आगामी आर्थिक वर्ष २०८३÷८४ देखि तीनै तहका सरकारले तर्जुमा गर्ने बजेटमा बालबालिकाको लागि गरिने लगानीलाई ‘कोडिङ’ गरी बजेट निर्माण गर्न बालबालिका उत्तरदायी बजेट सङ्केत सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तथा महिला उद्यमी समुन्नति पुरस्कार कार्यविधि, २०८२ स्वीकृत गरिएको छ ।

    मन्त्री श्रेष्ठले सामाजिक सेवा प्रवाहका क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरेकी छन् । यस अवधिमा नुवाकोटमा बाल सुधार गृह स्थापना गरी १८ वर्षभन्दा माथि उमेर भएका बालविज्याँईकर्ताको व्यवस्थापन गरिएको छ ।
    प्रगति विवरणमा पाँचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित हटलाइन नम्बर १११५ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य, सूचना एवं जानकारीमुलक सन्देश दिन सुरु गरिएको छ ।
    स्थानीय तहहरुबाट जारी हुँदै आएको अपाङ्गता परिचय पत्र र ज्येष्ठ नागरिक परिचयपत्रको डिजाइनमा एकरुपता कायम गर्न ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । साथै मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्वोधन गर्ने गरी सुरुवाती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एम्बोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ ।

    यस अवधिमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति थप प्रभावकारी बनाउँदै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक न्यायका क्षेत्रमा आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न मन्त्रालयले आवश्यक नीति निर्माण, संस्थागत समन्वय तथा जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको मन्त्रालयको भनाइ छ ।

    राष्ट्रिय अपाङ्ग कोषअन्तर्गत सहायक सामग्री उत्पादन तथा वितरण कार्यक्रममार्फत चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १८५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई २४२ थान सहायक सामग्री वितरण गरिएको छ । वेवारिसे तथा संरक्षकविहीन पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवासीय पुनस्र्थापना सेवा प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका १९ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । बालविवाह, दाइजो तथा तिलक प्रथा जस्ता कुरीतिहरूको अन्त्य तथा लैङ्गिक भूमिकामा रूपान्तरण ल्याउने उद्देश्यले सचेतनामूलक सामग्री निर्माण गरी नियमित प्रसारणसमेत गरिएको छ ।

    जाजरकोटका एक गर्भवती महिलालाई सुरक्षित आवास तथा स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ । साथै जेन–जी आन्दोलनमा घाइते तथा प्रभावितहरूसँग निरन्तर संवाद गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा पशुपति वृद्धाश्रम, नुवाकोट, पोखरा र विराटनगरस्थित बाल सुधार गृहहरूको अनुगमन गरिएको र बागमती प्रदेशमा महिला उद्यमीहरूलाई उपलब्ध गराइने प्रविधि सहयोग कार्यक्रमको अनुगमन गरिएको उल्लेख गरेकी छन् ।
    मन्त्रालयले ७६ जिल्लाको समेटिएको तथ्याङ्क प्रणाली तयार गरेको छ । यसमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको प्रदेश तथा स्थानीय तहगत विवरण समावेश गरिएको छ, जसले भविष्यमा नीतिगत निर्णयमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन्…

    विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

    विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑