सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गगन थापा ले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। आइतबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।
थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै विश्वप्रकाश शर्मा समक्ष पार्टी विधानको धारा २६(१) अनुसार राजीनामा पेश गरेका थिए।
उक्त राजीनामामाथि छलफल गर्दै केन्द्रीय कार्यसमितिले थापाको भूमिकालाई आवश्यक ठहर गर्दै पदमै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको उपसभापति शर्माले जानकारी दिए।
चैत ६ देखि ८ गतेसम्म सञ्चालन भएको बैठक विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको थियो। बैठकमा ८८ जना सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए।
नेताहरूले निर्वाचन परिणामबारे समीक्षा गर्दै पार्टीलाई सुदृढ बनाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा