सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरी जेलमुक्त भएका छन्।
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट रिहा भएका हुन्।
उनीमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङ माथि खुकुरी प्रहार गरेको आरोप लागेको थियो। सो घटनापछि उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। अदालतको आदेशअनुसार सजाय भुक्तान गर्न उनी डिल्लीबजार कारागारमा रहेका थिए।
बाँकी कैद अवधि पूरा गरेपछि बुधबार उनी कारागारबाट छुटेका हुन्। गुरुङ यसअघि गण्डकी प्रदेशसभा सदस्यका रूपमा पनि निर्वाचित भएका थिए र ‘दीपक मनाङे’ नामले नेपाली राजनीतिमा परिचित छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा