सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको संख्या दिनदिनै बढिरहेका बेला विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्दै रोजगारी सिर्जना गर्ने उदाहरण बनेका छन् ओखलढुंगाका इन्द्र बहादुर बस्नेत।
रोजगारीको खोजीमा उनी केही वर्षअघि दुबई पुगेका थिए। त्यहाँ उनले विभिन्न क्षेत्रमा काम गर्दै आफ्नो व्यावसायिक यात्रा सुरु गरे। पछि एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजरको जिम्मेवारी सम्हाल्दै व्यवस्थापन, ग्राहक सेवा र आतिथ्य क्षेत्रसम्बन्धी सीप तथा अनुभव हासिल गरे। विदेश बसाइँका क्रममा उनले आधुनिक व्यवसाय सञ्चालनका तरिका, अनुशासन र सेवामुखी कार्यसंस्कृति नजिकबाट बुझ्ने अवसर पाए।
विदेशमा प्राप्त गरेको अनुभवलाई आफ्नै देशमा प्रयोग गर्ने सोचका साथ बस्नेत नेपाल फर्किए। स्वदेश फर्किएपछि उनी केवल व्यवसायमै सीमित रहेनन्, समाजसेवामा पनि सक्रिय रूपमा लागे। उनले स्थानीयस्तरमा सरसफाइ अभियान, सामाजिक सचेतना कार्यक्रम तथा समुदायलाई सकारात्मक सन्देश दिने विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएका छन्।
विदेशमा कमाएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बस्नेतले आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा हात हाले। सोही क्रममा उनले सन् २०१९ मा ललितपुरको धोबीघाटमा Gurkhaz Grill Restaurant स्थापना गरे।
रेस्टुरेन्ट स्थापना भएयता ग्राहकको राम्रो साथ र विश्वास पाउँदै आएको छ। यहाँ नेपाली, भारतीय तथा विभिन्न अन्तर्राष्ट्रिय परिकारहरू उपलब्ध गराइँदै आएको छ। गुणस्तरीय सेवा, स्वादिलो परिकार र पारिवारिक वातावरणका कारण रेस्टुरेन्ट छोटो समयमै ग्राहकबीच लोकप्रिय बनेको बताइन्छ।
बस्नेतले सञ्चालन गरेको उक्त रेस्टुरेन्टमार्फत हाल ३२ भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ। रोजगारको खोजीमा रहेका युवालाई अवसर प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको बस्नेत बताउँछन्।
उनका अनुसार विदेशबाट फर्किएपछि नेपालमै केही गर्ने सोच भएका युवाहरूलाई अवसर र सही मार्गदर्शन आवश्यक छ। “यदि दृढ इच्छा र योजना भए नेपालमै पनि धेरै सम्भावना छन्,” उनी भन्छन्।
व्यवसायसँगै समाजसेवामा समेत सक्रिय बस्नेतले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्। स्थानीय स्तरका कार्यक्रम, युवाहरूको क्षमता विकास तथा सामाजिक सचेतनाका गतिविधिमा उनको संलग्नता रहँदै आएको छ।
विदेशबाट फर्किएर स्वदेशमै उद्यम स्थापना गरी रोजगारी सिर्जना गर्दै समाजसेवामा सक्रिय बस्नेतलाई धेरै युवाहरूले प्रेरणाको स्रोतका रूपमा लिन थालेका छन्। उनका प्रयासले विदेश जाने सोच बनाइरहेका केही युवालाई स्वदेशमै केही गर्ने हौसला समेत मिलेको स्थानीयवासी बताउँछन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा