सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो ।
मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर समर्थकहरूको भीड बढ्दै गएको छ । घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी गर्दै उत्साह व्यक्त गरेका छन् ।
मतगणना स्थल आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । समर्थकहरूको भीड बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया निरन्तर जारी रहेको छ भने अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जनाइएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा