सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओखलढुंगा । ओखलढुंगा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो । दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको छ । घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक उद्धार तथा अनुसन्धान कार्य सुरु गरिएको छ ।
दुर्घटनाको कारण तथा मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा