सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । परराष्ट्र मन्त्रालयमा दक्षिण–पूर्व एसियाका केही मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक बसेको छ ।
बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्रालयका सहसचिव लोक बहादुर पौडेल क्षेत्रीले आज पहिलो चरणमा परराष्ट्रको आँखाले देखेको र भोगेको कुरा बैठकमा जानकारी गराउने उद्देश्यले बसेको बताए ।
उनका अनुसार अब प्रत्येक महिनाको दोस्रो र चौैथो शुक्रबार दिउँसो २ बजे मन्त्रालयले नियमित यस्तै खालको बैठक र पत्रकार सम्मेलन आयोजना गर्नेछ ।
उनले भने,‘पहिलो चरणमा हामीले देखेको परराष्ट्रको आँखाले देखेको र भोगेको कुरा पहिलो चरणमा यहाँहरुलाई जानकारी गराऊँ भनेर आज बैठक गर्यौं । अब प्रत्येक महिनाको दोस्रो र चौैथो शुक्रबार दिउँसो २ बजे नियमित यस्तै खालको बैठक र पत्रकार सम्मेलन आयोजना गर्ने छौं । अन्य जल्दाबल्दा विषयमा जानकारी लिने र दिने काम गर्ने छौं ।’
त्यस्तै उनले आजको बैठकमा पीडितहरुलाई ल्याएर उनीहरुको कथा प्रस्तुत गर्ने मन्त्रालयको तयारी भएतापनि कारणवस त्यो हुन नसकेको जानकारी गराए ।
पीडितको पहिचानको कुरामा हामीले काम गर्यौै आज यही बैठकमा पीडितहरुलाई ल्याएर छलफल गर्ने हाम्रो तयारी थियो । र उहाँहरुको कथाहरु प्रस्तुत गर्ने भन्ने हाम्रो कार्यक्रम विभिद कारणले सम्भव भएन । कतिपय मिडियामा आउन नचाहने पनि हुनुभयो,’ उनले भने ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा