सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले ग्याल्पो ल्होसार मनाएको छ ।
बुधबार काठमाडौंको सिफल चौंरमा विशेष कार्यक्रमको आयोजनागरी ग्याल्पो ल्होसार मनाइएको हो ।
कार्यक्रममा अध्यक्ष गेल्जे लामा शेर्पा आज घरबाट बाहिर ननिस्कने शेर्पाहरुको परम्परा भएको हुनाले र घरमा नै पूजा आजा गरेर, ठूलाको आशिर्वाद लिने मिठो परिकार खाएर बस्ने चलन भएकोले अपेक्षित रुपमा कार्यक्रममा उपस्थित नभएको बताए ।
‘आज घरमबाट बाहिर ननिस्केने शेर्पाहरुको परम्परा भएको हुनाले र घरमा नै पूजा आजा गरेर, ठूलाको आशिर्वाद लिने मिठो परिकार खाएर बस्ने चलन भएकोले कम उपस्थिति भयो,’ उनले भने ।
देशमा भएको विसम परिस्थितिको कारण प्रधानमन्त्री पनि उपस्थिति हुन नसकेको उनले जानकारी दिए ।
फागुन २१ को निर्वाचनमा आदीवासी आदीवासीबीच प्रतिस्पर्धा हुँदा अन्य व्यक्ति छिर्न सक्ने सम्भावना भएकाले एउटा आदीवासीले अर्को आदीवासीलाई एक कदम पछाडि सरेर सहयोग गर्न आग्रह गरे ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा