सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की स्वयं संलग्न रहेको आरोप लगाएका छन्।
आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै कानुनविपरीत निर्णय गरेको दाबी गरे।
उनले निर्वाचन आयोगले एक घण्टाको अन्तरालमै गरेको निर्णय ‘सेटिङ’ का आधारमा भएको आरोप लगाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्त गरेको असन्तुष्टिप्रति एमालेको पनि समर्थन रहेको बताए।
“जुन ढंगले निर्वाचन आयोगले एक घण्टाको अन्तरालमा निर्णय गर्यो, त्यो बेठिक हो भन्ने देउवाजीको भनाइमा हाम्रो पनि समर्थन छ,” बस्नेतले भने, “कांग्रेसको विभाजन लोकतन्त्रमाथिको गम्भीर प्रहार हो।”
सचिव बस्नेतले कांग्रेस र एमालेजस्ता ठूला तथा शक्तिशाली दलहरूलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता नेताहरूलाई बलियो बनाउने उद्देश्यले प्रधानमन्त्री कार्की लगायत अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय रहेको आरोप लगाए।
उनका अनुसार कांग्रेसलाई विभाजन गर्ने प्रयास केवल एक दलमाथिको आक्रमण नभई समग्र लोकतान्त्रिक प्रणालीमाथिको खतरा हो। “यो अत्यन्तै गम्भीर विषय हो र यसप्रति सबै सचेत हुन आवश्यक छ,” उनले जोड दिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा