सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबीच चार बुँदे सहमति भएको छ।
बिहीबार माइतीघर मण्डलामा आयोजित कार्यक्रममा दुबै पक्षबीच सहमति भएको हो। सहमतिपत्रमा नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिको वातावरण निर्माण गर्न पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्न संघर्ष गर्ने विषय समेटिएका छन्।
ढुंगाना नेतृत्वको जेनजी समूह पछिल्ला दिनदेखि माइतीघर मण्डलामा निरन्तर धर्ना तथा विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहमतिसँगै दुवै पक्षले आन्दोलनलाई संयुक्त रूपमा अगाडि बढाउने संकेत गरेका छन्।
सहमतिका मुख्य बुँदाहरू:
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा