सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ गइरहेको रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
समाचार संस्था अलजजिराका अनुसार आज बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा उक्त दुर्घटना भएको हो ।
बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको रेल उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेका बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमाथि खसेको बताइएको छ । क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसपछि केहीबेर आगलागीसमेत भएको थियो ।
स्थानीय प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेको र आगलागी भने नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने मृतक तथा घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा