सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले सभापति विशेष महाधिवेशनमा नजाने स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जालमा सभापति देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलिएको उल्लेख गर्दै सचिव देउवाले त्यसमा कुनै सत्यता नरहेको बताएका छन्। उनले भने, “उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।”
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विभिन्न अड्कल र चर्चाहरू भइरहेका बेला सभापति देउवाको सहभागिताबारे फैलिएको भ्रमलाई सचिवालयले औपचारिक रूपमा खण्डन गरेको हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा