सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई समुदायबीच प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज उपमहानगरपालिकाका चार प्रमुख नाकाभित्र सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि किसिमको भेला गर्न पूर्ण रूपमा रोक लगाइएको हो। निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
प्रजिअ दाहालका अनुसार बसपार्क (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण)ले घेरिएको क्षेत्रमा सार्वजनिक गतिविधि गर्न नपाइनेछ।
धनुषाको कमला नगरपालिका–६ स्थित सखुवामा भएको हिन्दु–मुस्लिम विवादको असर वीरगञ्जमा देखिएको प्रशासनको भनाइ छ। सो घटनासँग जोडेर मस्जिद तोडफोड, आगजनीलगायतका विषयलाई लिएर आइतबार मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन गरेका थिए।
त्यसपछि सोमबार बिहानदेखि मन्दिर तथा देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी समूहहरू पनि प्रदर्शनमा उत्रिएका थिए। दुबै समुदायका प्रदर्शनले सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख छ। साथै प्रशासनले सबै नागरिकलाई शान्ति, संयमता अपनाउन र सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा