• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

      नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित छौंः जनार्दन शर्मा

      कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

      सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औंठी दिने थलापति विजयको घोषणा

      प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

      बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

      धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

      धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

      कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

      विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

    होमपेज /  मुख्य समाचार

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १८, शुक्रबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२८ पटक पढिएको
  • सविता नयाँजु/ साँखु(काठमाडौं) । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ । एक महिनाभर स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ ।

    एक महिनासम्म धार्मिक विधि अनुसार व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

    चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

    एक महिनासम्म काठमाडौंको साँखुमा शालीनदी मेलाको तयारी भइरहेको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा श्री माधव नारायण स्वस्तानी व्रत तथा शालीनदी सुधार समितिको महासचिव एलपी श्रेष्ठले आफ्नो मनोकामना पूरा गर्नको लागि नेपालका विभिन्न ठाउँबाट व्रतालुहरू एक महिना कठोर व्रत बस्नका निमित्त आउने गरेको बताए ।

    यस्तै, उनले यसपाली महिला र पुरुष र सामागनहरू प्रत्येक वर्ष हुने सात जना गरेर लगभग १८० जनाको सहभागिता हुने पनि जानकारी दिएका छन् ।
    उनले भने, ‘यसपाली लगभग महिला र पुरुष गरेर १७० जना व्रतालुहरुको सहभागिता रहेको छ । त्यसमध्य थप सामागनहरू प्रत्येक वर्ष हुने सात जना हुन्छन् । यसरी १८० को हाराहारीमा हुन्छ । तर कोही व्रत बस्छु भनेर आउनुभयो भने एक–दुई जना फेरि थपघट हुन सक्छ ।’

    उनले शालीनदी मेलालाई लक्षित गर्दै व्यवस्थापन समितिले ब्रतालु, दर्शनार्थी तथा धार्मिक पर्यटकहरूको सुविधाका लागि व्यापक तयारी पूरा गरेको जनाएको छ । उनका अनुसार महिला ब्रतालुहरू मन्दिर परिसर बाहिर शंखरापुर–साँखु क्षेत्रमा कोठा भाडामा लिएर एक महिना बस्ने व्यवस्था गरिएको छ भने धार्मिक रूपमा गर्नुपर्ने सम्पूर्ण क्रियाकलाप समितिले नै व्यवस्थापन गर्नेछ ।

    प्रदेश यात्राका क्रममा बज्रयोगिनी, पशुपतिनाथ, फर्पिङ र पनौतीसम्मको सम्पूर्ण यात्रा, बसोबास र व्यवस्थापन समितिकै तर्फबाट गरिने जानकारी दिइएको छ । यसका लागि ब्रतालुहरूबाट कुनै शुल्क नलिइएको पनि उनको भनाइ छ ।

    पुरुष ब्रतालुहरू भने शालीनदी मन्दिर परिसरमै बस्नुपर्ने व्यवस्था गरिएको छ । श्री माधव नारायण विराजमान हुने भएकाले सामग्रीसहित यहीं सुत्नुपर्ने व्यवस्था गरिएको हो । भोजनको व्यवस्थापन भने स्वयं ब्रतालुहरूले नै गर्नेछन् ।

    उनले भने, ‘ब्रतालुहरूको व्यवस्थापनको कुरामा महिला ब्रतालुहरू मन्दिर परिसरमा नभइ बाहिर शंखरापुर, साँखुमा कोठा भाडाहरू लिएर एक महिना बस्नुहुन्छ । अन्य यहाँबाट धार्मिक रूपमा गर्नुपर्ने सबै क्रियाकलापहरु, सबै कामहरू समितिको तर्फबाट हामीले गर्छौ । त्यसपछि प्रदेश यात्राका क्रममा पनि आफैँ व्यवस्थापनहरू गर्छौ । जस्तै यहाँको प्रदेश यात्रा क्रममा सुरुमा बज्रयोगिनी भ्रमण हुन्छ । त्यसपछि पशुपति जान्छौं, पशुपतिमा पनि त्यही ढंगको हुन्छ । त्यसपछि हामी फर्पिङ पुग्छौं । फर्पिङमा पनि सबै बसाइहरू समितिको तर्फबाट गर्छौं, पनौती जानुपर्छ । पनौती पनि समितिकै तर्फबाट गर्छौ । यसको लागि ब्रतालुहरूसँग हामीले शुल्क लिने गरेका छैनौं । तर पुरुष ब्रतालुहरू यहीँ सुत्नुपर्छ, शालीनदी परिसरमै उहाँहरूको सुताई हुन्छ । माधव नारायण बिराजमान पनि यहीँ हुन्छन् ।’
    उनले यस वर्ष एक महिनाभर करिब २५–३० लाख भक्तजन शालीनदी आउने अनुमान गरिएको भन्दै भक्तजनहरूको आवागमन सहज बनाउन यातायात व्यवसायी र नगरपालिकासँग समन्वय गरिएको बताए ।

    लाइन व्यवस्थापनदेखि सुरक्षासम्म स्काउट, महिला स्वयंसेविका र विभिन्न महिला समूहहरू परिचालन गरिएको छ । साथै घाट व्यवस्थापन, नदी सरसफाइ, फोहोरमैला व्यवस्थापन, बजार व्यवस्थापन तथा रंगरोगनका कामहरू सम्पन्न भइसकेका छन् ।

    ‘ठाउँ सानो भएकाले भीड व्यवस्थापन चुनौतीपूर्ण छ, तर हरेक वर्ष थप व्यवस्थित बनाउने योजना अनुसार स्वयंसेवकहरू परिचालन गरिरहेका छौँ,’ उनको भनाइ छ ।

    शालीनदी मेला धार्मिक पर्यटनको महत्वपूर्ण आधारका रूपमा विकास हुँदै गएको भन्दै शालीनदी, श्री माधव नारायण, बज्रयोगिनी, विसम्भरा नारायण, कुन्देश्वर, इन्द्रायणी माता लगायतका धार्मिक स्थलहरूले शंखरापुर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाएको उनले बताए । देश–विदेशबाट धार्मिक यात्रु आउने भएकाले ‘साँखुको अर्को पर्यायवाची नै शालीनदी बनेको’ पनि उनको दाबी छ ।

    मन्दिर परिसरभित्रका स्टलहरूको व्यवस्थापन समितिले गर्नेछ भने बाहिरी क्षेत्रमा नगरपालिकाले शुल्क उठाउनेछ । परिसरभित्र एक हातको २५०० रुपैयाँ शुल्क लिइने र सोही आम्दानीबाट मेला व्यवस्थापन गरिनेछ । यस वर्ष मेलामा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ भने स्टलबाट करिब ३०–३५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।

    ४०–५० किलोमिटर खाली खुट्टा हिँड्नुपर्ने कठिन व्रत भएकाले ५०–५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई स्वास्थ्य अवस्था हेरेर मात्र व्रतमा समावेश गराउने नीति अपनाइएको उनले जानकारी दिएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑