सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा सर्वसाधारणसँग राय मागेकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा ‘पोल’ राख्दै उनले आफू सक्रिय राजनीतिमा आउनु पर्ने कि नपर्ने भन्ने विषयमा शुभचिन्तक र सर्वसाधारणको मत मागेकी हुन् ।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय तामाङले महत्त्वपूर्ण निर्णय लिनुअघि जनताको भावना बुझ्न चाहेको बताएकी छन् । उनले सात वर्षअघि आफ्नो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्दा पनि यसरी नै सामाजिक सञ्जालमार्फत जनमत लिएको स्मरण गराएकी छन् ।
फेसबुकमा लेखेको स्टाटसमा तामाङले भनिन्, “आजभन्दा करिब सात वर्षअघि मैले सरसफाइ अभियानलाई संस्थागत गर्ने निर्णय गर्दा पनि यहाँहरूको भोटिङ पोलकै आधारमा अघि बढेकी थिएँ । अहिले पनि अर्को महत्वपूर्ण निर्णय लिनुअघि तपाईंहरूको मत जान्न चाहेको हुँ ।”
उनले ‘आसन्न संसदीय चुनावमा उम्मेदवारी दिनु पर्छ कि पर्दैन?’ भन्ने प्रश्नसहित पोल सार्वजनिक गरेकी हुन् । सो पोलमा प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ । यो समाचार तयार पार्दासम्म ९३ प्रतिशतले ‘आउनु पर्छ’ भन्ने विकल्प रोजेका छन् भने ७ प्रतिशतले ‘आउनु पर्दैन’ भन्ने मत दिएका छन् ।
आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच ध्रुवीकरण तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा स्वतन्त्र पहिचान बनाएका सामाजिक अभियन्ताहरूले पनि औपचारिक राजनीतिमा चासो देखाउन थालेका छन् । आशिका तामाङको कदमलाई यही राजनीतिक परिवेशमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा