सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको छ। मेयर बालेन साहका सल्लाहकार कुमार बेनको ललितपुरस्थित निवासमा आज हुने उक्त भेटलाई चासोका साथ हेरिएको छ।
स्रोतका अनुसार भेटवार्तामा मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ तथा जेनजी अभियन्ता सुदन गरुङ सहभागी हुनेछन्। पछिल्ला दिनमा देशको समसामयिक राजनीति, सुशासन, वैकल्पिक राजनीतिक धार र भावी सहकार्यका सम्भावनाबारे व्यापक बहस चलिरहेका बेला यो भेटलाई महत्वपूर्ण मानिएको छ।
यसअघि केही दिनअघि बालेन साह र रवि लामिछानेबीच भएको छलफलपछि रास्वपाबाट तत्काल ठोस निर्णय सार्वजनिक नभए पनि, वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने दबाब बढ्दै गएको देखिन्छ। विशेषगरी युवापुस्ताको अपेक्षा, सुशासनको एजेन्डा र पुराना राजनीतिक अभ्यासप्रति असन्तोष बढिरहेका सन्दर्भमा आजको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको हो।
भेटपछि कुनै ठोस राजनीतिक सहमति वा भावी कार्यदिशाबारे संकेत आउने वा नआउने विषयले थप चासो बढाएको छ। वैकल्पिक राजनीति निर्माणको बहस तीव्र बन्दै गएको अवस्थामा बालेन–रवि भेटले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा