सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सरकारी निवास बालुवाटार जाने भएका छन्।
रास्वपा स्रोतका अनुसार आइतबार साँझ साढे ६ बजे प्रधानमन्त्रीसँग भेटवार्ताको समय तय भएको छ। यसअघि लामिछाने पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेर केहीबेरमै प्रधानमन्त्री कार्यालयतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
शुक्रबार थुनामुक्त भएका लामिछाने शनिबारदेखि नै राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्। शनिबार चितवनमा सम्बोधन गरेर काठमाडौं फर्किएका उनले काठमाडौं आइपुगेलगत्तै जेनजी आन्दोलनका सहिद परिवारसँग भेट गरेका थिए।
आइतबार साढे आठ महिनापछि घण्टीघरस्थित पार्टी कार्यालय फर्किएका लामिछाने सभापतिको जिम्मेवारीमा पुनः फर्किएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा