सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली केही बेरअघि महाराजगञ्जस्थित देउवाको निवासमा पुगेर उनलाई भेटेका हुन्।
जेनजी आन्दोलनपछि दुई शीर्ष नेताबीच पहिलोपटक भेटवार्ता भएको हो। समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक बोलाएको समयमा कांग्रेस–एमालेका शीर्ष नेताहरूको अचानक भेटवार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा