सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने प्रकरणमा मुख्य अभियुक्त प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको छ।
पाठकले फिलिपिन्समै बसेर धम्कीपूर्ण पत्र र भिडिओ अख्तियारमा पठाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
उनका तीन जना सहयोगी भने नेपालमै पक्राउ परेका छन्। पक्राउ परेकाले आफूहरू पाठकका बडिगार्ड मात्र भएको दाबी गरेका छन्।
पाठकले ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नाममा पत्र पठाउँदै राईसहित १० जनाको नाम उल्लेख गरी ज्यान मार्ने चेतावनी दिएका थिए।
उता, कतिपय मिडियाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नाम पनि यस प्रकरणमा जोडिएको बताइरहेका छन्। तर प्रहरीका अनुसार अधिकारी संलग्न छन् कि छैनन् भन्नेबारे अनुसन्धान जारी छ।
अधिकारी हाल नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन्।
उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वआईजीपीहरु ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रहेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा