सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङले आफूहरू पोखरा जाने तयारीमा रहेका बेला नेकपा एमालेसहित केही समूहले आफ्ना कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी सार्वजनिक गरेका हुन्। यद्यपि उनले यस्तो प्रयासले आफूहरूको यात्रामा कुनै असर नपार्ने दाबी गर्दै लेखेका छन्— “आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्षमा उभिन्छौं।”
पोखरा शिर ठाडो पारेर जाने उल्लेख गर्दै उनले जेनजी अभियानका दाजुभाइ तथा बहिनीको आवाजसँग अझ मजबुत रूपमा जोडिने बताए।
फेसबुकमा उनले थप लेखेका छन्— “पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीलाई भेट्न हामी निस्किएका हौं। हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको जानकारी पाएको छु। तर यसले हाम्रो कदम रोकेर केही हुँदैन।”
उनका अनुसार देशका पक्षमा लडिरहने उनीहरू सत्यको पक्षमा उभिँदै पोखरा प्रवेश गर्नेछन्। “हामी झण्डा गर्वले उचाल्छौं, शिर ठाडो पारेर पोखरा आउनेछौं,” गुरुङको भनाइ छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा