सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले सरकारले तीन महिनादेखि युवाहरूको आवाज दबाउँदै आएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले माग पूरा गर्ने आश्वासन त बारम्बार दिए तर अहिलेसम्म कुनै नतिजा नदेखिएको छ।
ढुङ्गानाले फेसबुकमा लेख्दै अब युवापुस्ताले चुप नबस्ने चेतावनी दिएका छन्। उनले अधिकार, आवाज र भविष्यका सवालमा मौनता स्वीकार्य नहुने भन्दै दृढ रूपमा संघर्ष जारी रहने उल्लेख गरे।
उनले लेखेका छन्, “हाम्रो आवाज दबाउने प्रयास भएको तीन महिना भयो। प्रधानमन्त्री कार्कीबाट ‘माग पूरा गर्छौं’ भनेर आश्वासन त पाइयो, तर परिणाम आजसम्म शून्य छ। अब हामी चुप बस्नेवाला छैनौँ।
हाम्रो अधिकार, हाम्रो आवाज र हाम्रो भविष्यको कुरा हुँदा मौनता हामीले रोज्ने छैन। जसले बोली रोकेको छ, त्यसलाई अब हाम्रो दृढताले जवाफ दिनेछ। हामी बोल्छौँ, हामी उठ्छौँ, र हाम्रो अधिकार पूरा नहुन्जेल”
यसैबीच, सोमबार उनी र उनको समूह प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। तर भेट गर्न नपाएपछि उनीहरूले दक्षिण गेटमा ज्ञापनपत्र टाँसेर फर्किएका थिए। बुधबार पनि प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो।
ढुङ्गानाले माग पूरा नभएसम्म जेन–जी आन्दोलन थप सशक्त रूपमा अघि बढ्ने संकेत दिएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा