सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले रिट जारी गरेसँगै उनलाई तत्काल मुक्त गर्न आदेश भएको हो।
रिट निवेदकले प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाएका थिए। उक्त निवेदनको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा भएको थियो। इजलासले प्रसाईंलाई थुनामुक्त गर्न स्पष्ट आदेश दिएको हो।
प्रसाईंले विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। त्यसको केही दिनअघि नै प्रहरीले राति १२ बजे भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो।
सर्वोच्चले दिएको आदेशमा भनिएको छ— “निवेदकविरुद्धको दाबीको कसुरमा अनुसन्धान वा तहकिकात गर्नुपर्ने तथा सो प्रयोजनका लागि हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भइसकेको देखिन्छ। त्यसैले दुर्गा प्रसाईंविरुद्ध जारी पक्राउ पुर्जी, म्याद थप र अनुसन्धानसम्बन्धी सम्पूर्ण कामकारबाही बदर भई उनलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गरियो।”
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा