सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई कुनै पनि हालतमा नछाड्ने भन्दै त्यसका लागि सडकदेखि सर्वोच्च अदालतसम्म संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलबार विघटित प्रतिनिधिसभाका सांसदहरूको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पुनःस्थापनाको विकल्प अपरिहार्य रहेको बताए।
ओलीका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाका लागि पार्टी सर्वोच्च अदालतमा जाने छ। साथै अदालत बाहिर पनि शान्तिपूर्ण र गठित आन्दोलनमार्फत दबाब सिर्जना गरिने उनले स्पष्ट पारे।
“हाम्रो आन्दोलन शान्तिपूर्ण, अग्रगामी र संविधान तथा लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले हुनेछ,” ओलीले भने, “यो भय–त्रास सिर्जना गर्ने, लुटपाट गर्ने वा हिंसात्मक हुने छैन। सबैको जीउ–धनको सुरक्षालाई प्राथमिकतामा राखिन्छ।”
एमाले अध्यक्ष ओलीले आन्दोलनमा कुनै प्रकारको बाह्य घुसपैठ हुन नदिइने र आन्दोलनलाई व्यवस्थित ढंगले सञ्चालन गरिने पनि बताए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा