सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १४ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको छ ।
एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटका आगामी खेलका लागि खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
यसअघि मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटमा लगातार चार हारपछि पदबाट राजीनामा दिएका थिए । रसको नेतृत्वमा नेपालले मलेसिया, लाओस र भियतनामसँगका सबै खेलमा पराजय व्यहोरेको थियो ।
पूर्व राष्ट्रिय कप्तान तथा फरवार्ड खड्का अब आगामी कात्तिक २७ गते (बिहीबार) बंगलादेशमा हुने मैत्रीपूर्ण खेलबाट टोली सम्हाल्नेछन् । खेल साँझ पौने आठ बजे सुरु हुनेछ ।
बंगलादेशले यसअघि अफगानिस्तानसँग खेल्ने तय गरे पनि खेल रद्द भएपछि नेपाललाई आमन्त्रण गरेको हो । नेपालले त्यसपछि मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको पाँचौं खेल खेल्नेछ ।
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाएपछि नेपालले मलेसियाविरुद्धको खेल पनि मलेसियामै खेल्नुपर्ने बाध्यता रहेको एन्फाले जनाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा